संखुवासभामा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना ग¥यो


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र संखुवासभाले पार्टी कार्यालय कार्यालय स्थापना गरेको छ । बुधबार माओवादी केन्द्रले सदरमुकाम  खाँदबारीमा बोर्ड राखेर पार्टी कार्यालय उद्घाटन गरेको हो । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइ दिएपछि  बुधबार माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापन गरेको हो ।  
पार्टी एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदा संखुवासभामा एमालेको पार्टी कार्यालय संचालनमा थियो । भने त्यस्तै माओवादी केन्द्रले पार्टी कार्यालय भाडामा चलाउँदै आएको थियो ।  खाँदबारीको चादनी चोक स्थित एक घर भाडामा लिएर पार्टी कार्यालयका औपचारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएको माओवादी केन्द्रका केन्द्रिय सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । पार्टी कार्यालय उद्घाटनमा केन्द्रिय सदस्य कार्की,प्रदेश स्तरका सदस्य र जिल्ला स्तरका नेताहरुको उपस्थितीमा भएको थियो ।
 

प्रतिकृया दिनुहोस